neapl investment mega bank
  • गृहपृष्ठ
  • पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

Mar 20th, 2020

भक्तपुर, ७ चैत

पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घरमा बम बिष्फोटन घटनामा संलग्न ब्यक्तिहरू पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखाका अनुसार यही फागुुन २८ गते ७ः४५ बजेको समयमा ने.क.पा. (विप्लव) समूहले जिल्ला भक्तपुर, लोकन्थली ०१ स्थित पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको घरमा बम बिष्फोटनको घटनामा संलग्न रही फरार रहेका ने.क.पा. (माओबादी) विप्लव समूहका मध्य कमाण्ड व्युरो सदस्य सहित तीन जना कार्यकर्ताहरूलाई महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलिले काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा ने.क.पा.(विप्लव) समूहका मध्य कमाण्ड व्युरो सदस्य अमृत बहादुर कुमाल क्षेत्री, ने.क.पा.(विप्लव) साधारण सदस्य लक्ष्मण सेट्टी, बिप्लक समुुहका कार्यकर्ता टेक वि.क. (अभिषेक) रहेकाछन ।

अनुुसन्धानबाट घटनामा प्रदेश ३-०२-००१ प २८३६ नम्बरको युनिकन होण्डा मोटरसाईकल प्रयोग भएको, उक्त मो.सा. माईला लामाका अंग रक्षक कान्छाराम घिसिङको नाममा दर्ता रहेको, घटनाको योजना सहित अमृत बहादुर कुमाल क्षेत्रीले घटनाको अघिल्लो दिन प्रदेश ३-०२-००१ प २८३६ नम्बरको युनिकन होण्डा मो.सा.का.जि.रानीवारीमा ल्याई लक्ष्मण सेट्टिलाई दिएको र घटना घटाउन सोही मो.सा.प्रयोग गरेको र घटनामा संलग्न व्यक्तिहरूको बयानबाट समेत निजहरूको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।