neapl investment mega bank
  • गृहपृष्ठ
  • उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समापन

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समापन

Mar 19th, 2020

काठमाडौँ, ६ चैत

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजना गरेको उच्च्स्तरीय राष्ट्रिय सुरक्षा तालीम आज सम्पन्न भएको छ ।

गत फागुन १९ गतेदेखि सञ्चालित उक्त तालीममा राष्ट्रिय सुरक्षाका सबै आयाममा प्रशिक्षण दिइएको थियो । तालीममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी तथा नेपाली सेनाका र सुरक्षा निकायका गरी २२ जना सहभागी हुनुहुन्थ्यो ।

तालीम समापन गर्दै स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले प्राप्त ज्ञान र सीपबाट राष्ट्रिय सुरक्षा नीति निर्माण तथा कार्यान्वयनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।