सान साल्भाडोर, ६ चैत (रासस/सिन्ह्वा)
एल साल्भाडोरमा कोरोना भाइरस सङ्क्रमण भएको पहिलो व्यक्ति भेटिएको राष्ट्रपति नायब बुकेलेले बताउनु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएका यी व्यक्ति इटालीको यात्राबाट हालै फर्किएको प्राप्त समाचारमा जनाइएको छ । हाल यी व्यक्ति मतापानको साल्भाडोरन नगरपालिकामा अलग्ग राखिएको (आइसोलेसन) बुकेलेले टेलिभिजनमार्फत बताउनु भएको छ ।
सङ्क्रमणसँग जुध्न एक विशेष अस्पतालको पनि घोषणा गरिएको र नागरिकहरूले घरमै बस्नेलगायत स्वास्थ्य अधिकारीहरूले जारी गरेको सरसफाईको नियम पनि अनुसरण गर्न सुझाव दिइएको राष्ट्रपति बुकेलेले बताउनु भएको छ ।