neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

Mar 18th, 2020

मोरङ, चैत ५

मोरङ जिल्लाको बीराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट चैत्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बेलवारी नगरपालिका ४ बस्ने २१ वर्षिय विपिन क्षेत्री छन् ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले निज क्षेत्रीलाई शंका लागि जाँच गर्दा उनको साथमा फेनारगन ४ एम्पुल, डाईजाल्याव ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र एभिल ४० एम्पुल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेल उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरेको छ ।
पक्राउ परेका निज क्षेत्रीलाई एपीएफ टोलीले बरामद लागूऔषध तथा उक्त मोवाईल सेटसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।