neapl investment mega bank

एकनाले भरुवा बन्दुक सहित पक्राउ

Mar 18th, 2020

तनहुँ, ५ चैत

ब्यास नगरपालिका-६ साझाभञ्याङ बस्ने ७० वर्षीय मित्र बहादुर थापालाई एकनाले भरुवा बन्दुक, बारुद करिब ५० ग्राम र ३ वटा केप सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिशाघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।