neapl investment mega bank
  • गृहपृष्ठ
  • १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Mar 18th, 2020

भक्तपुर, ५ चैत

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुलसीपुर नगरपालिका-४ घर भएका चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित हनुमान ईट्टाभट्टामा काम गर्ने ३० वर्षीय सुरेस बादीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बादीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।