neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ

Mar 18th, 2020

काठमाडौं, ५ चैत

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ स्थितबाट श्रोत नखुलेको भारतीय रुपैयाँ ९ लाख ९९ हजार सहित भारत बैरातपुर जिल्ला पैरोसव बस्ने ३१ वर्षीय बिजय चौधरी समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले लमहीबाट वीरगंजतर्फ जाँदै गरेको डब्लुबि २३ ई २३३३ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपालिका-१२ स्थित जनकपुर एयरपोर्टबाट २ हजार दरको नोट १ सय ५० थानमा रहेको ३ लाख श्रोत नखुलेको भारतीय रुपैयाँ सहित भारत मुजफरपुर बस्ने २० वर्षीय शिवम कुमारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौं जान लागेका कुमारलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।