neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना भाइरसको जोखिमका बेला बित्तीय निर्णय गर्ने गभर्नर खाली

कोरोना भाइरसको जोखिमका बेला बित्तीय निर्णय गर्ने गभर्नर खाली

Mar 18th, 2020

आधारभूमी संवाददाता

काठमाडौ, चैत ५

अर्थतन्त्रमा धेरै क्षति हुन नदिने उपाय अवलम्बन गर्नुपर्ने बेलामा राष्ट्र बैंक नेतृत्वविहिन भएको छ ।

नेपाल राष्ट्र बैंकमा आज देखि गभर्नर चिरञ्जीबी नेपाल पदमुक्त भएका छन् । उनको ५ वर्षे कार्यकाल हिजो राती सकिएको छ ।

२०७१ चैत ५ गते नियुक्त चिरञ्जीवी नेपालले पाँच वर्षे कार्यकाल मंगलबार पूरा गरेका छन् । गभर्नरको समेत जिम्मेवारी सम्हालिसकेका अर्थमन्त्रीले नै गभर्नर नियुक्तीमा चासो नदिएको देखिन्छ ।

नयाँ गभर्नरको नियुक्ती नभएका कारण अहिले राष्ट्र बैक नेर्तत्व बिहिन भएको छ । बरिष्ठ डेपुटि गभर्नर कायम मुकायम गभर्नर भएका छन् । जुन कहिलेसम्म रहन्छन् भन्ने एकिन छैन । राष्ट्र बैंक सरकारको सल्लाहकार समेत हो ।

सरकारले गभर्नरको कार्यकाल सकिनु एक महिना पहिले नै बनाउनुपर्ने सिफारिस समिति अझै बनाएको छैन । मन्त्रीपरिषद्को बैठक बस्न नसकेकाले अहिलेसम्म सिफारिस समित बन्न नसेकेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण फागुन १८ गतेयता मन्त्रिपरिषद बैठक बस्न सकेको छैन । र, बैठक कहिले बस्छ भन्ने पनि यकिन छैन ।

कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र नै डग्मगाउने आकलन भइरहेका छन् । यतिखेर कोरोना भाइरसको विश्वव्यापी संक्रमणको बाछिटा नेपालको अर्थतन्त्रमा परिसकेको छ ।

राष्ट्र बैंक वित्तीय स्थिरता कायम गर्ने र सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न भूमिका खेल्ने मुख्य निकाय हो । बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय पनि हो । संकलित बचत कहाँ परिचालन गर्ने भन्ने नीतिगत निर्णय र नियमन गर्ने केन्द्रीय बैंकले यतिखेर नेतृत्वविहीन भएको छ । जसमा छिटो नै नेर्तत्व चयन गर्नु अहिलेको आवश्यकता हो ।