neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

Mar 17th, 2020

काठमाडौं, ४ चैत

भक्तपुर, घरायसी विवादको कारण आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-९ नंखेल बस्ने ३३ वर्षीय राजन ब्यान्जुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । खाना पकाउने बिषयमा विवाद हुँदा राजनले ३२ वर्षीया श्रीमती पबित्रा ब्यान्जुलाई कुटपिट गर्दा उनको मुत्यु भएको खुल्न आएको छ ।

कञ्चनपुर, लाठी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पुनर्वास नगरपालिका-८ क गाउँ बस्ने ६३ वर्षीय सपली बयाडीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सपलीले घरायसी बिबादको कारण आइतबार राति लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमती ६० वर्षीया खन्जुरी बयाडीको कोहलपुर मेडिकल कलेजमा उपचार हुन नसकी घर फिर्ता ल्याए पश्चात् सोमबार राति मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।