neapl investment mega bank
  • गृहपृष्ठ
  • चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

चिर्पट प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Mar 17th, 2020

नुवाकोट, ४ चैत

शिवपुरी गाउँपालिका-१ पाटीभन्ज्याङ बस्ने २९ वर्षीय सागर तामाङलाई चिर्पट प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय रामलाल तामाङ भन्ने किर्ते तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाटीभन्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सागर तामाङलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।