neapl investment mega bank
  • गृहपृष्ठ
  • विल तथा अन्य आवश्यक कागजात नभएको सुन सहित पक्राउ

विल तथा अन्य आवश्यक कागजात नभएको सुन सहित पक्राउ

Mar 17th, 2020

काठमाडौं, ४ चैत

विल तथा अन्य आवश्यक कागजात नभएको ३ सय ९८ ग्राम सुन सहित भारत मेन्दीपुर कलकत्ता दासपुर थाना घर भएका ४५ वर्षीय आशुतोष सेनापतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेक प्वाइन्टमा ना.१ ज ५०६० नम्बरको टाटासुमो चेक जाँच गर्ने क्रममा टाटा सुमोमा सवार आशुतोषलाई उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

आशुतोषलाई बरामद गरिएको सुन सहित आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।