neapl investment mega bank

एपीएफ टोलीद्वारा चौपाया बरामद

Mar 17th, 2020

कपिलवस्तु, चैत ४

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका १ स्थित शिवपुरबाट एपीएफ टोलीले चैत्र ३ गते करीब १० लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चौपाया बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको ८९ वटा खसी सशस्त्र प्रहरी बल नेपाल नम्वर ३९ गुल्म कपिलवस्तुबाट सशस्त्र प्रहरी निरीक्षक संगित भट्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद खसी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।