neapl investment mega bank

एपीएफ टोलीद्वारा पेस्तोलसहित पक्राउ

Mar 17th, 2020

रौतहट, चैत ४

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका ३ स्थित राजपुर तुलसीबाट चैत्र ३ गते एपीएफ टोलीले एउटा चाईनिज पेस्तोल तथा सोको एउटा म्याग्जीन, दुई राउण्ड गोली र एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४९ वर्षिय शेष बैतुल्ला छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

त्यसेवेला एपीएफ टोलीले उनको साथबाट दुई थान मोवाईल सेट र ३ हजार ४ सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।

एपीएफ टोलीले पक्राउ परेका निजलाई बरामद पेस्तोल, म्याग्जीन, गोली, मोबाईल सेट तथा नगदसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ ।