आधारभूमी संवाददाता
काठमाडौं,चैत ४
विश्वभर फैलदै गएको कोरानोका कारण नेपाली अर्थतन्त्रमा समेत धक्का पुग्ने देखिएको छ । यसैत महत्वाकांक्षी मानिएको ७ दशमलव ८ प्रतिशको आथिर्क बृृद्धिको लक्ष्य कोरोनाको कारण ४ प्रतिशतमै खुम्चने बिश्लेषकहरुले बताउँन थालेका छन् ।
अर्थबिद् विश्व पौडेल कोरोनाको असर भूकम्प बराबरकै हुने आकलन गर्छन् । देशले यसअघि नाकाबन्दी र भूकम्पका कारण आर्थिक बृद्धि लक्ष्य अनुरुप हासिल गर्न सकेको थिएन । तर ति वर्षमा अर्थतन्त्र जोखिममा पर्दा अर्काे वर्षमा भने आर्थिक बृद्धि ठूलो मात्रामा बृद्धि भएको देखिएको थियो । तर बिगतका तीन वर्षमा भने सरकारले निरन्तर आर्थिक ७ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको थियो ।
उसो त पुँजिगत खर्च नभएका कारण यो वर्ष त्यसैपनि आर्थिक बृद्धि खुम्चने देखिएो थियो ।किनकी धानको उत्पादन र निर्माण उद्योगले उत्पादन कटौति गरिसकेका थिए । तर अहिले पुन अन्य क्षेत्रमा पनि धक्का देखिन थालेको छ ।
गार्हस्थ्य उत्पादनमा १३ प्रतिशत हिस्सा ओगटेको उद्योगको उत्पादनमा कमी र ४ प्रतिशतको योगदान गर्ने पर्यटन क्षेत्रमा आएको मन्दीले आर्थिक वृद्धि नै ४ देखि ५ प्रतिशतमा खुम्चिने देखिएको छ ।
नेपालमा कोरोना नदेखिँदै विदेशी कच्चा पदार्थमा निर्भर उद्योगहरु प्रभावित भइसकेका छन् । होटलमा बैंकहरुको १ खर्ब लगानी छ भन ेट्राभल एण्ड टुर र ट्रेकिङ क्षेत्रमा २६ अर्ब लगानी छ।
पर्यटन आगमन नै प्रभावित हुँदा यो क्षेत्रमा बैंकले गरेको लगानी नै जोखिममा पर्ने हो कि भन्ने आशंका बढाएको छ । समयमै व्यवसायीहरुले किस्ता बुझाउन नसक्दा यसबाट बैंकको खराब कर्जा बढेर बैंकको नाफा समेत घट्ने देखिएको छ ।
नेपालीका मुख्य श्रम गन्तव्य खाडीदेखि कोरियसम्ममा कोरोनाको प्रभावले उद्योग बन्द हुँदा रेमिट्यान्समा निर्भर अर्थतन्त्रमा झन् ठूलो धक्का पुग्नेछ । रेमिट्यान्स घट्दा त्यसले बैंकको निक्षेप र उपभोगमा समेत कमी ल्याउनेछ ।
विश्वभर फैलँदै गएको कोरोना भाइरसका कारण मुख्यतः नेपालको पर्यटन, निर्माण र वैदेशिक व्यापार प्रभावित भएको छ । विदेशी पर्यटक आउनै बन्द भएपछि विशेषत हवाइ सेवा, होटल, ट्राभल एण्ड टुर र ट्रेकिङ क्षेत्र प्रभावित भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोनाको प्रकोप नदेखिए पनि अर्थतन्त्रमा भने प्रभाव पर्न थालिसकेको छ । औद्योगिक उत्पादनको कटौती, पर्यटक आगमन बन्द र उपभोगमा कमी आइसकेको छ ।