neapl investment mega bank
  • गृहपृष्ठ
  • ललिता निवास जग्गा प्रकरण : पौडेललाई थुनामा पठाउने आदेश

ललिता निवास जग्गा प्रकरण : पौडेललाई थुनामा पठाउने आदेश

Mar 16th, 2020

काठमाडौँ, ३ चैत (रासस)

विशेष अदालत काठमाडौँले ललिता निवास जग्गा व्यक्तिको नाममा बनाउने मुद्दाको आरोप लागेका तत्कालीन कर्मचारी कृष्णप्रसाद पौडेललाई अनुसन्धानका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीशहरू शिवराज अधिकारी र चन्द्रबहादुर सारुको इजलासले आज थुनछेक बहसपछि थुनामा पठाउने आदेश जारी गरेको हो । विशेष अदालतका उपरजिष्ट्रार इन्द्रकुमार खड्काले मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत तत्कालीन शाखा अधिकृत पौडेललाई ललिता निवासको जग्गा भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने पौडेल पहिलो व्यक्ति भएको र अनुसन्धानका लागि थुनामा पठाउने आदेश भएको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धानले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।