काठमाडौ, चैत ३
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले परामर्श सेवा दिने भएको छ । कम्पनीले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको हो ।
यो सेवा अन्तर्गत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगीहरू तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि बित्तीय सर्बेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र बिकास, व्यापार रणनीति बिकास, व्यवसाय मुल्यांकन, सेयर ईक्विटी मुल्यांकन, आम्दानी योजना, खर्च योजना, पुंजीगत बजेट, पुंजी संरचना साथै देशभरी छरिएका लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्ट(अपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको जानकारी दिएको छ ।