neapl investment mega bank

गाँजा सहित पक्राउ

Mar 16th, 2020

काठमाडौं, ३ चैत

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट धादिङ गजुरी गाउँपालिका-४ बस्ने ३२ वर्षीय जिवन प्रजालाई अवैध लागूऔषध गाँजा ३ केजी ८९५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.२ ज २७४ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा टयाक्सीमा सवार प्रजालाई उक्त लागूऔषध सहित फेला पारी महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।