neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेशि विनिमय मुद्दामा फरार प्रतिवादी पक्राऊ

विदेशि विनिमय मुद्दामा फरार प्रतिवादी पक्राऊ

Mar 16th, 2020

काठमाडौ, चैत ३

बिदेशी बिनिमय मुुद्धामा फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्जले विदेशी विनिमय मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१।०४।२० गतेको फैसलाले जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गा.पा. वडा नं. ३, साविक तातोपानी गा.बि.स. वडा नं. ८ बस्ने प्रतिवादी साङ्डोमा शेर्पालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शेर्पालाई ६८ लाख ६२ हजार चार सय १३ रुपैयाँ ६० पैसा जरिवाना हुने ठहर भएको र निज प्रतिवादी उक्त सजाय वेरुजु रही फरार भएको हुदा उनलाई यही चैत दुुई गते काठमाडौको स्यम्भुुबाट पक्राउ गरिएको हो । पक्राउ परेका शेर्पालाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतको आदेशले निजलाई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंमा पठाईएको सिआईवीले जनाएको छ ।