neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुख सापकोटा र श्रीलंकन राजदुत विच शिष्टाचार भेट

सभामुख सापकोटा र श्रीलंकन राजदुत विच शिष्टाचार भेट

Mar 16th, 2020

काठमाडौ, चैत ३

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाका महामहिम राजदूत हिमाल्ली अरुणातिल्काबिच शिष्टाचार भेट भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा राजदुत अरुनातिलकाले सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

भेटमा सभामुख सापकोटाले नेपाल र श्रीलंका विच ६३ बर्ष देखि कुटनीतिक सम्बन्ध रहेको स्मरण गर्नुहुँदै दुईदेश विच साँस्कृतिक सम्बन्ध उल्लेखनीय रहेको चर्चा गर्नुभयो । दुबै देशबाट भएका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप बलियो बनाएको बताउँदै सभामुख सापकोटाले श्रीलंकामा आगामी अप्रीलमा हुन लागको निर्वाचन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले कोरोना नियन्त्रणका लागि दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कले पुनरजीवन पाउन लागेको विषय नेपाल, श्रीलंका लगाएत सबै सार्क सदस्य राष्ट्रका लागि खुशीको विषय भएको बताउनुभयो । दुई देश विच बहुआयामिक सम्बन्ध रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले आगामी दिनमा सम्बन्ध थप विकास र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदुत अरुनातिलकाले श्रीलंकामा बहुसंख्यक जनसंख्या बुद्धधर्मावलम्बि रहेको जानकारी दिंदै बार्षिक ७० हजार बढि श्रीलंकन नागरिकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्ने गरेको बताउनुभयो ।

श्रीलंका र नेपाल विच लामो र बालियो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत अरुनातिलकाले यसकै आधारमा थप सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीलंका आगामी अप्रिल २५ मा नयाँ निर्वाचनको तयारीमा रहेको बताउँदै उहाँले नयाँ संसद पछि संसदसंग जोडिएका सम्बन्ध बिस्तार हुने बताउनुभयो । श्रीलंका, सार्कलाई पुनरताजगी गराउन इच्छुक रहेको राजदुत अरुनातिलकाको भनाई छ । सार्कलाई जीवन्त बनाउने विषयमा श्रीलंका सकारात्मक छ, सार्कका नेताहरुविच कोरोना रोक्नका लागि हुन लागेको छलफलले भावि दिनका लागि सहज वातावरण बनाउने विश्वास छ, उहाँले भन्नुभयो ।