काठमाडौ, चैत २
सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको टोखामा आफ्नो शाखा संचालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको समुद्घाटन गरेका हुुन ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्ट विन हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राजतामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।
उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोलाबहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचत कर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
टोखा शाखाउ द्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताए ।
टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे । उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छाराज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राजतामाङ्ग, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, काठमाण्डौ उपत्यका बिकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका संचालक समितिका सदस्यहरु अम्बीर बोगटी, भिमानन्द ढुंगाना, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञान माया डंगोल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रहरी नायबनिरीक्षक सोभित अर्याल, महानगरिय ट्राफिक प्रहरी प्रभाग, टोखाका प्रहरी सहायक निरीक्षक योगेन्द्र सिंह खड्का, टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कृष्ण अधिकारी, टोखानगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक राजजोशी, टोखानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठलगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले हालसम्म चार लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा लगानी गरेकोे बैंकको एक सय १२ वटा शाखाहरु तथा दुुई वटा एक्स्टेन्सन काउन्टर र पाँच वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।