neapl investment mega bank
  • गृहपृष्ठ
  • झापामा कोरोना सङ्क्रमणको आशङ्का, उपचारका लागि काठमाडौँ पठाइयो

झापामा कोरोना सङ्क्रमणको आशङ्का, उपचारका लागि काठमाडौँ पठाइयो

Mar 15th, 2020

भद्रपुर,२ चैत (रासस)

झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो ।

उहाँका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । “कोरोनाभाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ”, प्रजिअ रानाले भन्नुभयो, “उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।