काठमाडौ, चैत २
सेन्हाइजर इलेक्ट्रोनिक्स एशिया पि.टि.इ एल.टि.डि (सेन्हाइजर एशिया) द्धारा नेपालमा वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियूक्त गरेको छ । नेपालमा आई.सि.इ.टी (इन्फरमेशन, कम्यूनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) वितरणमा संलग्न नियोटेरिक नेपालकै अग्रणि कम्पनी हो ।
आम उपभोक्ताहरु देखि थोक विक्रेताहरु सम्म वर्षौ देखिको मजबुत एवं सुमधुर सम्बन्ध भएको नियोटेरिक नै सेन्हाइजर एशियाको हेडफोन र होम अडियो स्पिकर विक्री वितरणको लागि योग्य प्रोत्साहक हो । नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एशियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
एम्बियो साउण्डबार
नियोटेरिक नेपालले वितरण गर्ने सेन्हाइजरका थुप्रै उत्पादनहरु मध्ये एम्बियो साउण्डबार पनि एक हो । सेन्हाइजर एशियाका कन्ज्यूमर इलेक्ट्रोनिक्स रिटेलका उपाध्यक्ष क्रिसलो ले नियोटेरिक सँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसि भएको वताएका छन् ।
नेपालभर स्थापित नेटवर्कको फाइदा उठाई व्यापार प्रवर्धनमा थप अवसरहरुको लाभ लिन सकिने भएकोले सेन्हाइजर एशियाको लागि नियोटेरिक उत्तम विकल्प सावित भएको छ ।
सेन्हाइजरको बारेमाः
अडियोको भविष्यलाई आकार दिदैँ र ग्राहकहरुको लागि उत्कृष्ट ध्वनिको अनुभवहरु सृजना गर्दै सेन्हाइजर कर्मचारीहरु र विश्वब्यापि साझेदारहरुलाई एकजुट बनाउने उद्देश्यले १९४५ मा स्थापना भएको सेन्हाइजर हेडफोन, लाउडस्पिकर, माईक्रोफोन र वायरलेस ट्रान्समिसन प्रणालीको विश्वस्तरिय अग्रणी निर्माताहरु मध्येको एक हो । २०१३ देखि सेन्हाइजर डानिएल सेन्हाइजर र डा.आन्दे्रयस सेन्हाइजर (परिवारको तेश्रो पुस्ता) द्वारा व्यवस्थापित हुँदै आएको छ । २०१८ मा सेन्हाइजर समुहले कुल ७१०.७ मिलियन युरोको कारोबार गरेको थियो ।
नियोटेरिक नेपालको बारेमा
नियोटेरिक नेपाल आइ.सि.इ.टी (इन्फोर्मेसन कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) मा एउटा महत्वपुर्ण स्थान बनाएको कम्पनी हो । नियोटेरिकले नेपालमा आफुलाई आइ.सि.इ.टी वितरणमा संलग्न सबैभन्दा पुरानो कम्पनी हो र राजस्व,अनुभव र प्रतिष्ठाको क्षेत्रमा आफुलाई अग्रणी कम्पनीको रुपमा स्थापित गरेको छ । आम ग्राहकहरुको अनुभव र उनिहरुले दिएको प्रतिष्ठाको आधारमा इएरफोन उधमीहरुको लागि नियोटेरिकले संरचना परिवर्तन सँगै ३६० डि.ग्री को नयाँ दृष्टिकोण अपनाउने छ ।