neapl investment mega bank

नगद तथा ल्यापटप चोरी

Mar 15th, 2020

काठमाडौं, चैत २

काठमाडौं महानगरपालिका १ गैरीधारा डेरा गरी बस्ने चिनियाँ नागरिक २७ वर्षीय याङ्चावाको कोठाबाट नगद २० हजार रुपैयाँ र ल्यापटप १ थान समेत गरी करिब २ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।