neapl investment mega bank
  • गृहपृष्ठ
  • सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

Mar 15th, 2020

काठमाडौं, चैत २

काठमाडौं महानगरपालिका १ दरबारमार्गबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई हाल भक्तपुर दुवाकोट बस्ने २५ वर्षीय भिम बहादुर तामाङलाई सुन जस्तो देखिने पहेलो धातु १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित शंकास्पद अवस्थामा हिँडिरहेका तामाङको साथमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।