neapl investment mega bank

चाँदीका विभिन्न गहना सहित पक्राउ

Mar 15th, 2020

मकवानपुर, चैत २

हेडौंडा उपमहानगरपालिका-१९ बाट नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने ३५ वर्षीय कृष्ण रसैलीलाई अवैध रुपमा लिएर हिँडेको चाँदीका विभिन्न तयारी गहना करिब ३ किलो ६० ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा शंकास्पद रुपमा हिँडिरहेका कृष्णको साथबाट ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चाँदी फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।