neapl investment mega bank
  • गृहपृष्ठ
  • ७८ हजार थान माक्स कालोबजारी गर्ने आठ जना पक्राउ

७८ हजार थान माक्स कालोबजारी गर्ने आठ जना पक्राउ

Mar 15th, 2020

काठमाडौ, चैत २

७८ हजार थान माक्स कालोबजारी गर्ने पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही चैत एक गते दिउसो १४ः०० बजेको समयमा बिशेष सुचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वर र महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट खटिएको संयुक्त प्रहरी टोलीले का.म.न.पा. वडा न. १५ डल्लु आवसमा मिन्टु तामाङ्गले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरि फेस माक्स लुकाई छिपाई बढि मुल्यमा बिक्री बितरण भईरहेको अवस्थामा आठ व्यक्ति पक्राउ परेका हुुन ।

प्रहरीका अनुसार उक्त स्थानमा गई रित पुर्वक छापामारी खानतलासी गर्दा ७८ हजार थान माक्स बरामदगर्नुका साथै सो कार्यमा सलग्न रहेका काभ्रे रोसी गाँउपालीका वडा न. ७ घर भई हाल का.जि. का.म.न.पा. वडा न. १५ स्वयम्भु बस्ने सानु कान्छा तामाङ्गको छोरा बर्ष ३० को मिन्टु तामाङ्ग, सोही क्षेत्र घर भई हाल ललितपुर सातदोवाटो बस्ने मानकाजी लामा, रामेछाप गोकुलगगां गाउपालीका वडा न. २ घर भई हाल का.जि. नागार्जुन न.पा. २ सानो भ¥याङ्ग बस्ने अनिष कार्की, बाजुरा छेदे दह गा.पा. वडा न. ६ घर भई हाल जि ल.पु. एकान्तकुना बस्ने, थुमराज उपाध्याय, वडिमालीका वडा न. १ घर भई का.जि. कोटेश्वर बस्ने निर्प कार्की, उज्वल अधिकारी, ललितपुर पाटन बस्ने शिव खडका र काभ्रे रोसी गाँउपालीका वडा न. ७ घर भई हाल का.जि. का.म.न.पा. वडा न. १५ स्वयम्भु बस्ने निशान तामाङ्ग रहेकाछन ।

प्रारम्भिक अनुसन्धानमा पाँच रुपैयाँ भन्दा कम पर्ने माक्सलाई मुल्य ३१ रुपैयाँ कायम गरि बिक्री बितरण गर्न लागिरहेको देखिएको र निजहरुलाई कालोबजारी ऐन अन्र्तगत कारवाही हुने जानकारी प्रहरीले दिएको छ । साथै खाद्यान्य औषधीजन्य लगायतका चिजवस्तु हरुको कृतिम अभाव सृजना गर्ने भण्डार गरि लुकाउने र कालोबजारी गर्ने गरेको सुचना भए प्रहरी कार्यालय समेत जानकारी गराउनहुन महानगरीय प्रहरी परिसर काठमाण्डौ आम सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।