neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्री ओली आज साँझ अस्पतालबाट निवास फर्कने

प्रधानमन्त्री ओली आज साँझ अस्पतालबाट निवास फर्कने

Mar 13th, 2020

काठमाडौँ, ३० फागुन (रासस)

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास फिर्ता हुनुहुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज पत्रकार सम्मेलन गरी उहाँको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिनुभयो ।

‘‘ प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उहाँले भन्नुभयो । यसअघि मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसक्नुभएको छ । प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।