काठमाडौ, फागुुन ३०
प्रभु बैंकले धनुुषामा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा आज शुुक्रबार धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित जिल्ला प्रशासन कार्यालयमा काउन्टर सञ्चालनमा ल्याएको हो । धनुषास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरकोे धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिपराज कडेंलले एक समारोहबीच उद्घाटन गरेका हुुन ।
एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकले २०८ वटा शाखा कार्यालय, १५८ वटा एटीएम ४६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।