neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेष्ट बैंकका ग्राहकहरुले होटल सांग्रिलामा अब पाउनेछन् १५ प्रतिसत छुट

एभरेष्ट बैंकका ग्राहकहरुले होटल सांग्रिलामा अब पाउनेछन् १५ प्रतिसत छुट

Mar 13th, 2020

काठमाडौ, फागुुन ३०

होटल सांग्रिलाको सहकार्यमा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने भएको छ । प्रदेश ३ (वागमती) स्थित काठमाण्डौ लाजिम्पाटमा रहेको होटल साग्रिला ५ तारे होटल हो जुन आफ्नो परम्परागत शैलीको लागि प्रचलित छ ।

सम्झौता अनुसार ग्राहकवर्गले खाना, पेय पदार्थ र बेकरी मा १५ प्रतिसत छुट पाउनेछन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्ड देखाएमा छुट पाउने छन् । आफ्नो मुुस्कान सहितको सेवा नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहने गर्दछ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्गन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।