काठमाडौ, फागुन ३०
प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल २०१९ का विजेता विवेश श्रेष्ठले फिलिपिन्समा आयोजित म्यानहन्ट इन्टरनेशनलको २९ औ संस्करणमा मिस्टर पर्सनालिटीको प्रतिष्ठित उपाधि जितेका छन् ।
डाबर नेपालको कर्पोरेट कार्यालयमा आयोजित एक समारोहका बीचमा डाबर नेपालका सेल्स तथा मार्र्केिटङ्गप्रमुख उपेन्द्र प्रधान र मार्केटिङ्गप्रमुख अभय गोर्खालीले श्रेष्ठलाई उनको विशेष उपलब्धीकालागि बधाई दिनुका साथै सम्मान प्रदान गर्नुभएको थियो । सोही कार्यक्रममा डाबर नेपालले श्रेष्ठलाई आफ्नो ब्रान्ड प्रोस्टाइलको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेर एम.ओ.यु.मा हस्ताक्षर गरेकाछन् ।
श्रेष्ठले प्रतियोगिताको अनुभवहरु सुनाउँदै आफूले ३५ देशका प्रतियोगीहरु मध्ये यो उपाधि जित्दा आफुलाई गर्व महसुस भएको कुरा बताए । उनले आफूलाई यस यात्रामा साथदिने सबै जनामा कृतज्ञता ज्ञापन गरेका छन् । यसका साथै डाबर नेपाललाई निरन्तर साथ र अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने मौका प्रदान गरेकोमा आभार प्रकट गरेका छन् ।
विगत ६ वर्षदेखि डाबर नेपालको पुरुष लक्षित ब्रान्ड प्रोस्टाइल र ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले संयुक्त रुपमा प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनल नेपाल सञ्चालन गर्दै आएका छन् । यस वर्षको म्यानहन्ट इन्टरनेशनल नेपालको सातौ संस्करणमा पनि प्रोस्टाइलले ग्रुप अफ इभेन्ट इन्टरटेनर्ससंग संयुक्त रुपमा सञ्चालन गर्न लागेको छ । यस कार्यक्रमको फिनाले यही आउँदा १२ चैत्र २०७६ मा हुन गई रहेको छ ।