काठमाडौ फागुन ३०
जगदम्बा स्टिल्स् कम्पनीले समाजिक उत्तरदायित्व अन्र्तगत पाचौे पटक इन्जिनियररिङ अध्ययन संस्थान, थापाथली क्यापस हल प्राङ्गनमा पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको छ ।
कार्यक्रममा जगदम्बा स्टिल्सका पदम पूसाईले ईन्जिनियरीङकी विद्यार्थी आयुषा खनाललाई स्वर्ण पदक सहित ५१ हजार रुपैयाँको चेक प्रदान गरेका हुुन । खनालले २०७२ सालमा इन्जिनियरिङ अध्ययन संस्थानद्वारा संचालित परिक्षामा क्यापसमा प्रथम भए वापत उक्तपुरस्कार हासिल गरेकी हुन । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रो. डा. धर्मकान्त वासकोटा प्रमुख आथिथ्यमा विहीबार आयोजित यस कार्यक्रममा क्यापस प्रमुख जनार्दन भट्ट लगायतको उपस्थिती रहेको थियो ।
शंकर गु्रपले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक क्षेत्रमा सकारात्मक योगदान दिने उद्देश्य सहित यस्तो कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिएको छ ।