neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यामिक विद्यालयलाई सहयोग प्रदान

Mar 13th, 2020

काठमाडौं, फागुुन ३०

शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमावित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिसत सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।