neapl investment mega bank

लागूऔषध सहित पक्राउ

Mar 13th, 2020

काठमाडौं, ३० फागुन

काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको २४ बोतल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका-३ ठेगाना भएका १९ वर्षीय शुसिल चौधरी र सिरहा लहान नगरपालिका-४ ठेगाना भएका सुजित कुमार यादव रहेका छन । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-८ मोडस्थित सडकबाट पुतलीबजार नगरपालिका-१ बस्ने १९ वर्षीय सन्देश बिकलाई नियन्त्रित लागूऔषध फेनरागन २० एम्पुल, नोर्फिन २० एम्पुल र डाईजेपाम २० एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना.४ ख २३२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार सन्देशलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।