neapl investment mega bank
  • गृहपृष्ठ
  • प्राईम कर्मसियल बैंक र कैलाश बिकास बैंकको एकीकृत कारोवार सुरु

प्राईम कर्मसियल बैंक र कैलाश बिकास बैंकको एकीकृत कारोवार सुरु

Mar 12th, 2020

काठमाडौ, फागुुन २९

प्राईम कर्मसियल बैंक र कैलाह बिकास बैकले एकीकृत कारोवार सुरु गरेकाछन । प्राईमद्धारा कैलाशलाई प्राप्ती गरि सुरु गरेको एकीकृत कारोवारको सुभारम्म प्राईमका सञ्चालक समितीका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आज बिहिबार गरेका हुुन ।

एकीकृत कारोवार पश्चात प्राईमको चुक्ता पुंजी १३ अर्ब ९८ करोड रुपैयाँ पुुगेको छ । यसैगरी बैकको कुुल निक्षेप एक खर्ब ३० अर्ब रुपैयाँ पुुगेको छ भने कुुल कर्जा रकम एक खर्ब १४ अर्ब रुपैयाँ पुुगेको छ । प्राप्ती पश्चात बैंकको कुुल शाखा संख्या दुुई सय पुुगेको छ । एकीकृत कारोवार पश्चात प्राईम चुक्ता पुंजी, निक्षेप तथा कर्जा, शाखा सञ्जाल आदिका दृष्टिकोणले बाँणिज्य बैंकहरु मध्येमा पाँचौं ठुुलो बैंक बनेको छ ।