बारा, २९ फागुन
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले करनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।