neapl investment mega bank

विभिन्न धनमाल चोरी

Mar 11th, 2020

काठमाडौं, २८ फागुन

काठमाडौं महानगरपालिका-३० डिल्लीबजार डेरा गरी बस्ने मकवानपुर घर भएका रवि बलामीको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका विभिन्न गहना समेत गरी करिब २ लाख २० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-२ लाजिम्पाट सुजन मार्ग डेरा गरी बस्ने चितवन घर भएका रबी ढकालको कोठाबाट नगद ७ हजार र सुनको विभिन्न गहनाहरु समेत गरी ३ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटारस्थित शम्भु पौडेलको घर र उनकै घरमा डेरा गरी बस्ने दोलखा तामाकोसी घर भएका प्रकाश भट्टराई र रामेछाप घर भएका बल बहादुर श्रेष्ठको कोठाबाट नगद तथा सुनका विभिन्न गहना समेत तिनै जनाको गरी जम्मा ५ लाख २७ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।