neapl investment mega bank
  • गृहपृष्ठ
  • ओपो एफ १५ नेपालमा सार्वजनिक हुने निश्चित, चाडै सार्वजनिक गरिने घोषणा

ओपो एफ १५ नेपालमा सार्वजनिक हुने निश्चित, चाडै सार्वजनिक गरिने घोषणा

Mar 10th, 2020

काठमाडौ, फागुुन २७

ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ १५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोष्ट मार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिन थालेको हो । ओपोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका ताराहरु शिल्पा मास्के, अनुपविक्रम शाही, नाजिर हुसेन तथा सुपर मोडल सबिता कार्की र मिस नेपाल २०१९ अनुश्का श्रेष्ठ लगायतका सामाजिक सञ्जाल पेजमा समेत फोन सम्बन्धि टिजर पोष्टहरु देखापर्न थालेका छन् ।

ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजकारुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ १५ मार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको स्लिक र फेशनेवल डिजाइनका कारण ओपो एफ १५ले एफसिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओपो एफ १५ले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफसिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि ब्यापक प्रचार गर्न थालिएको देखिएता पनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापी, प्रचार प्रसार नियाल्दा यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ ।

एफसिरिज अन्तर्गत कम्पनीको पछिल्लो उत्पादन ओपो एफ ११ प्रो नोट्चलेस डिस्प्ले र डुअल क्यामेरा सेटअप सहित सार्वजनिक गरिएको थियो भने एफ ११ मा भने वाटर ड्रप डिस्प्ले उपलब्ध गरिएको थियो । ओपो एफ ११ सिरिजका दुबै फोनहरुलाई हेलियो पी ७० एसओसीद्वारा सञ्चारित थिएभने प्रो भर्जनमा ६ जीबी ¥याम र १ सय २८ जीबी आन्तरिक सञ्चयक्षमता र एफ ११मा भने ४ जीबी ¥याम १ सय २८ जी बी रोम रहेको छ । फोनहरुमा एण्ड्रोइड पाईका साथमा कलर ओएस सिक्स दिइएको छ ।

हालसम्म कम्पनीले ओपो एफ १५ का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन । तथापी, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु पनि नयाँफोनमा समावेस गरिने आशाह ामी सहजै गर्न सक्छौँ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेज मार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने निश्चित छ । तसर्थ, यदी नयाँ फोनको खोजीमा हुनुहुन्छ भने फोन बारे थप जानकारीका लागि ओपो नेपालको सामाजिक सञ्जाल पेजमा अवश्यजानु होला ।