काठमाडौ फागुन २७
सामसङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ नेपालमा सार्वजानिक गरेको छ । कम्पनीले आप्mनो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेको कम्पनीले जानकारी दिएको छ ।
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ । ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सल तथा ग्यालेक्सी ए५१ मा ४८ मेगापिक्सलको क्यामरा राखिएको छ । कम्पनीका अनुसार यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा सहजै भिडियोकैद गर्ने क्षमता रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ ।ग्यालेक्सी ए ७१ मा चार हजार पाँच सय मेगाहर्ज र तथा ग्यालेक्सी ए५१ मा चार हजार मेगाहर्जको ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यी दुबै फोन तीन वटा कलरमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ग्यालेक्सी ए७१ को मुल्य ४९ हजार नौ सय ९९ रुपैयाँ र ग्यालेक्सी ए७१ को मुल्य ३८ हजार तीन सय ९९ रुपैयाँ तोकेको छ । यी दुबै स्मार्ट फोनहरु विहीबारदेखी नेपाली बजारमा सहजै उपलब्ध हु्ने छ ।