neapl investment mega bank

आजबाट गोदावरी नपाको चौथो स्थापना दिवस

Mar 10th, 2020

ललितपुर, २७ फागुन (रासस)

गोदावरी नगरपालिका स्थापना भएको आजबाट चार वर्ष शुरु भएको छ । स्थापना दिवसको अवसरमा नगरप्रमुख गजेन्द्र महर्जनले सम्पूर्ण नगरवासीको सुख र शान्त्तिको कामना गर्नुभएको छ ।

चीनको वुहानबाट विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै सो नगरपालिकाले आफ्नो स्थापना दिवसको दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने महर्जनले बताउनुभयो । उहाँले सदैव आफूलाई साथ र सहयोग गर्ने जनताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

“नमूना नगर बनाउन वडास्तरीय योजना धमाधम अघि बढाइरहेका छौँ”, महर्जनले भन्नुभयो, “नगरवासीको शिरलाई उच्च बनाउने काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।” सो अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।