neapl investment mega bank

कटुवा पेस्तोल सहित पक्राउ

Mar 10th, 2020

काठमाडौं, २७ फागुन

झापा, दमक नगरपालिका-३ मावाखोलाबाट मोरङ मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बस्ने ४४ वर्षीय मेघराज गौतमलाई कटुवा पेस्तोल १ नाल, गोली १ राउण्ड र २ वटा खोका सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

रौतहट, गढिमाई नगरपालिका-६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका-६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन् । ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।