बनेपा, २६ फागुन
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा हुने सङ्कटा र अविर जात्राको अवसरमा सोमबार सङ्कटादेवीको रथ बोकेर र बाँसुरी बजाएर नगर परिक्रमा गर्दै स्थानीयबासिन्दा । हरेक बर्ष फागु पूर्णिमाको दिन यहाँस्थित त्रिवेणीघाटमा रहेको सङ्कटादेवीको रथ बोकेर बजार परिक्रमा गरी सो जात्रा मनाइन्छ ।
तस्वीर :पेमा लामा, रासस