neapl investment mega bank

चितुवाको छाला सहित पक्राउ

Mar 9th, 2020

ताप्लेजुङ, २६ फागुन

फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो ।

लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।