neapl investment mega bank

अवैध लागूऔषध सहित पक्राउ

Mar 9th, 2020

काठमाडौं, २६ फागुन

पर्सा, वीरगंज महानगरपालिका-२७ रामपुरटोलबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित बहादुरमाई नगरपालिका-९ बस्ने ६० वर्षीय सहनदिन मियाँलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले सोही स्थानबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी समेत फेला पारी बरामद गरेको छ । साइकलमा सवार अपरिचित व्यक्तिले प्रहरी टोलीलाई देख्ना साथै उक्त लागूऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त लागूऔषध बरामद गरेको हो ।

धनुषा, सबैला नगरपालिका-१० अमरखाना चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याबलेट, नाईट्रोसन १ सय ट्याबलेट र स्पासमो प्रोक्सिभन ८० ट्याबलेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाधाम नगरपालिका-७ बस्ने ४० वर्षीय रामभगत कापड र सोही नगरपालिका-८ बस्ने २४ वर्षीय सरोज थापा रहेका छन् । अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले प्रदेश २-०२-००१ प १३१४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।