काठमाडौ, फागुुन २६
कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरण गर्नको लागि नेपाल चेम्बर अफ कमर्सले एक कार्यक्रमका साथ थर्ममीटर गन,मास्क, प्राइम किट प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फुल गाउन लगायतका सामग्रीहरु त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालयको अन्तराष्ट्रिय तथा आन्तरिक टरमिनलर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तण गरेको छ ।
उक्त कार्यक्रममा स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणकानिर्देशक तथा प्रवक्ता देव चन्द्र लाल कर्ण, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा राजेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।
साथै कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न यस संस्थाको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दिपक कुमार मलहोत्राको संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिमा चेम्बरका कार्य समिति सदस्यमा मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा, ज्योति प्रकाश पाण्डे र आनन्द कुमार अग्रवाल बगारीय समावेश हुनु भएको छ ।
कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरुका सहज आपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनु भयो । साथै यस प्रकोपबाट सुरक्षसत्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि चेम्बरले जनसचेतना मूलक पर्चा जिल्लामा र यहाँ समेत वितरण गर्ने भएको छ ।
त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणका निर्देशक तथा प्रवक्ता देव चन्द्र लाल कर्णलेकोरोना भाइरसको प्रकोप नियन्त्रण गर्नको लागि त्रिभुवन विमान स्थलमा यात्रुहरुको सघन परिक्षणको बारेमा गरिएको प्रयास बारे प्रकाश पार्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा सामाजिक तथा स्वास्थ्य समितिका सभापति मृगेन्द्र मेहर श्रेष्ठले बजारमा औषधीको अभाव छैन । बजारमा करिब तीन महिना सम्मको लागि पुग्ने औषधी उपलब्ध रहेको बताउनु भयो ।
स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले कोरोना भाइरसको प्रकोपबाट बच्न सबै जना एक जुट भएर लाग्नु पर्छ । उनले चेम्बरको कामको प्रोत्साहन गर्दै धन्यावाद व्यक्त गरेका छन् ।