neapl investment mega bank
  • गृहपृष्ठ
  • हत्यामा संलग्न फरार रहेका अभियुक्त पक्राउ

हत्यामा संलग्न फरार रहेका अभियुक्त पक्राउ

Mar 8th, 2020

बारा, २५ फागुन

इनर्वासिरा गाबिस वडा नम्बर ८ बस्ने पत्रकार बिरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न रही फरार रहेका मुख्य अभियुक्त बारागढी गाउँपालिका- ६ गडहल टोल बस्ने कुन्दन भन्ने ५१ वर्षीय नरेन्द्र कुमार फौजदारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०६४ असोज १८ गते बिरेन्द्र साहको अपहरण गरी गोली हानी हत्या गरेको घटनाका मुख्य अभियुक्त फौजदारलाई जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।