neapl investment mega bank

एपीएफ टोलीद्वारा माछाको भुरा बरामद

Mar 8th, 2020

मोरङ, फागुुन २५

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट फागुन २५ गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको माछाको भुरा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली को २ ह ५५४३ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले उक्त माछाको भुरा बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त अटो समेत बरामद गरेको छ । बरामद माछाको भुरा तथा अटो भन्सार कार्यालय बिराटनगरमा बुझाइएको छ ।