neapl investment mega bank
  • गृहपृष्ठ
  • जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

जोन्टा क्लब अफ काठमाडौंद्वारा प्रेरणादायक महिलाहरु सम्मानित

Mar 8th, 2020

काठमाडौ, फागुुन २५

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले ८ मार्च, २०२० अर्थात फागुन २५ गते “प्रेरणादायक र साहसी महिला” लाई विभिन्न परिस्थितिका बाबजुत उनीहरुको योगदान र उपलब्धीलाई सम्मान गर्र्न आफ्नो वार्षिक कार्यक्रम “येलो रोज डे” मनाएको छ । उक्त अवार्ड समारोह नबिल बैंक, आमन्त्रन स्पा एण्ड सलुन र मल्टी ब्राण्ड इलेक्ट्रोनिक स्टोर स्वीच अनको सहयोगमा ¥याडिसन होटलले आयोजित गरेको थियो ।

येलो रोज डे २०२० मा आठ जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । पुरस्कार विजेताहरुले अपवादको आफ्नो यात्राका बारेमा बताएका थिए । यस्ता सशक्तिकरण महिलाहरुका कथा सुनाउनु प्रसन्नता मात्र नभएर यसले निसन्देह समाजमा निकै परिवर्तन ल्याउछ र यसले देशका सबै महिलाहरुलाई उत्प्रेरित गर्न अथाह स्रोत प्रदान गर्दछ ।

त्यस्तै नबिल बैंकको सहयोगमा जोन्टा क्लब अफ काठमाडौंले प्रेरणादायक महिलाहरुको शिर्षक अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पु¥याउने ४ जना महिलाहरुको असाधारण कार्यको प्रशंसा गर्दै प्रति व्यक्ति २५००० रुपौंया प्रदान गरेको छ । उनीहरुले अपवाद काम गरेर हामीहरुलाई प्रेरणा दिइरहेका छन् । यी महिलाहरुले परम्परागत रुपमा पुरुष प्रधान क्षेत्रहरुमा काम गरिरहेका छन् । यो त्यस्ता ४ महिलाहरुका सम्मान र पहिचानका लागि हो जुन आफ्ना कामको विधामा प्रशंसा नपाएका नायकहरु हुन् ।

सन्नी रौनियार प्रधानको सुन्दर गीत “खुल्ला आकाश” ले यस दिनको थिमलाई समादर गर्दै कार्यक्रमलाई थप रमाइलो बनायो । सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । यसले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ महिला अधिकारकालाई मानव अधिकारको मान्यता दिइन्छ र हरेक महिलाहरु आफ्नो पूर्ण–क्षमता हासिल गर्न सक्षम हुनेछन् । त्यस्तो विश्वमा महिलालाई सबै स्रोतहरुको पहुँच छ, पुरुष बराबारको निर्णय लिने स्थानमा उनीहरु छन् र कुनै पनि महिलाहरुले हिंसाको डरमा बाच्नु पर्दैन । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जुन महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ । नेपाल आधिकारिक रुपमा चार्टर्ड हुने ६४ औं मुलुक हो ।

जोन्टा क्लब अफ काठमाडौंका कार्यक्रमहरु अन्तर्गत महिलाका लागि युवा साक्षरता, बालविवाह अन्त्यका लागि वकालत तथा महिला अधिकारहरुका बारेमा जागरुकता, केटीहरुका लागि आत्म–रक्षा तालिम, जेलका महिला कैदीहरुका लागि शैक्षिक सामाग्री तथा सीप विकास प्रशिक्षण, १६ दिने महिला हिंसा विरुद्धका गतिविधी, सरसफाई परियोजना– शौचालय निर्माण, केटी र महिलाहरुका लागि शैक्षिक संस्थामा पुग्नका लागि सहज बनाउन साइकल वितरण लगायत रहेका छन् । यो दुई वर्षको अवधी (२०१८–२०२०) जोन्टाका लागि शतवर्षीय अवधी हो । जोन्टाको १०० वर्ष मनाउन, जोन्टा क्लब अफ काठमाडौं चौतफी प्रभावका लागी आफ्ना पहलहरु जारी राख्न र बलियो बनाउन प्रतिबद्ध रहेको छ ।

जोन्टा क्लब अफ काठमाडौंका पुरस्कार कोटि र पुरस्कृतहरु :

– प्रिन्शेस हेलेन शाह इनस्पीरेशनल उमन अफ द इयर : एआईजी डा. आशा सिंह, नेपाल प्रहरी

– अमर राना गेम चेन्जर अवार्ड : सुश्री आयुषी के.सी., प्रमुख कार्यकारी अधिकृत, खालीसीसी

-ज्योति स्कलरशिप अवार्ड २०२० फर जेन एम. क्लाउस्म्यान उमन इन बिजनेश स्कलरशिप : सुश्री प्राश्ना भट्टराई

– ज्योति स्कलरशिप अवार्ड २०२० फर उमन इन टेक्नोलोजी ः सुश्री छिरिङ डिके लामा

सम्मानित हुने महिलाहरु :
– सुश्री लक्ष्मी नापित – नाई (बारबर)
– सुश्री सरस्वती सुवाल – मेकानिक
– सुश्री हर्मिता श्रेष्ठ – साझा बस चालक
– सुश्री मन्धिरा भण्डारी – इलेक्ट्रिशियन