neapl investment mega bank
  • गृहपृष्ठ
  • गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने

गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने

Mar 8th, 2020

ललितपुर, २५ फागुन (रासस)

गोदावरी नगरपालिकाले छिट्टै पाँच नगर बस सञ्चालन गर्ने भएको छ । चापागाउँमा नगरपालिकाको कार्यालय रहँदा दुई बस चढेर आउनुपर्ने जनताको गुनासो बढेसँगै गोदावरीले उक्त बस सञ्चालन गर्न लागेको हो ।

कार्यालयबाट पर रहेको स्थान वडा नं १ गोदामचौर, वडा नं २ विशङ्खु, वडा न. ७ देवीचौर, वडा नं ८ डुकुछाप र वडा नं ९ छम्पी हुँदै बस घुमाएर जनतालाई सुविधा दिइने नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बस खरिदका लागि हामीले यही फागुन २ गतेको छैटौँ नगरसभाको निर्णयमा रु दुई करोड रकम खर्च गर्ने योजना बनाएका छौँ ।” नगरपालिकाले पहिलो पटक आफ्नो लगानीमा उक्त बस खरिद गर्न लागेको महर्जनले बताउनुभयो ।

नगरपालिकाले बस खरिद गरी सुविधा पु¥याएसँगै कार्यालयमा काम लिन आउन अपायक भयो भन्ने जनतालाई राहत पुग्ने वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले विश्वास व्यक्त गर्नुभयो । “बस खरिद गरेर ल्याएपछि कहाँबाट कति भाडा लिने भन्ने कुराको कार्यविधि बनाएर मात्र सञ्चालन गर्छौ”, घिमिरेले भन्नुभयो ।