neapl investment mega bank

फरार अभियुक्त पक्राउ

Mar 7th, 2020

ताप्लेजुङ, २४ फागुन

जिल्ला अदालत ताप्लेजुङको २०७६ जेठ २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई फरार रहेका अभियुक्त मैवाखोला गाउँपालिका-१ बस्ने प्रकाश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय दमकको समन्वयमा तामाङलाई दमक नगरपालिक-२ गुम्वाचोकबाट फेला पारी पक्राउ गरेको हो ।

तामाङलाई आवश्यक कारवाहीको लागी शुक्रबार जिल्ला अदालत ताप्लेजुङ उपस्थित गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारगार ताप्लेजुङ चालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।