neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघद्धारा अत्यावश्यक वस्तुहरू प्रभावकारी ढंगबाट गर्न बितरण गर्न आग्रह

महासंघद्धारा अत्यावश्यक वस्तुहरू प्रभावकारी ढंगबाट गर्न बितरण गर्न आग्रह

Mar 7th, 2020

काठमाडौ, फागुुन २४

नेपाल उद्योग बाँणिज्य महासंघले अत्यावस्यक बस्तुुहरुको आपुुती सहज बनाउन आग्रह गरेको छ । महासंघका अनुसार मित्र राष्ट्र चीनबाट शुरू भएको कोरोना भाइरस(कोभिड–१९)का कारण अहिले विश्वनै चिन्तित छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाइरसबाट सुरक्षित र सचेत रहन विश्व समुदायलाई आव्हान गरिसकेको छ । नेपाल पनि कोभिड–१९ भाइरसको उच्च जोखिमयुक्त राष्ट्रको रूपमा रहेको कुरा सबैमा विदितै छ ।

यतिखेर विश्वभरीनै उद्योग व्यवसाय खासगरी सेवा क्षेत्रका पर्यटन उद्योग, औषधिजन्य उद्योगहरूमा यसको असर पर्ने र विस्तारै अन्य उद्योगहरूमा समेत गम्भीर समस्या पर्दै जाने र त्यसको प्रभाव नेपालमा समेत पर्ने अनुमान गर्न सकिन्छ । यस कठिन परिस्थितिमा हामी सबै उद्योग व्यवसाय÷उद्योगी व्यवसायी क्षेत्रले आ–आफ्नो ठाउंबाट भोलि आउन सक्ने विपत्ति समेतलाई दृष्टिगत गर्दै आ–आफ्नो भूमिका प्रभावकारी ढंगबाट निर्वाह गर्नुपर्ने वेला आएको तर्फ नेपाल उद्योग वाणिज्य महासंघ सम्बन्धित सबै उद्योगी व्यवसायीहरूको गम्भीर ध्यानाकर्षण गराउँदछौं, महासंघले भनेको छ ।

अत्यन्त कठिन परिस्थितिमा पनि जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको निजी क्षेत्रको विगत समेतलाई मध्यनजर गर्दै अत्यावश्यक वस्तुहरू जस्तो मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, विक्रिवितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम जनतालाई सेवा दिन नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना सदस्य संघ÷संस्था, उद्योग प्रतिष्ठानहरू÷उद्यमी व्यवसायीहरू सबैमा हार्दिक आव्हान गर्दछ । साथै महासंघ आफ्ना सदस्य संघ÷संस्थाहरूलाई आफू मातहतका उद्योग प्रतिष्ठानहरूमा समेत सोही अनुसारले अनुरोध गर्न आग्रह गरेको छ ।